साधन दासको निधनमा मानव उत्थान सेवा समितिद्वारा श्रद्धाञ्जलि सत्संग समारोह

IMG-20240116-WA0217.jpg

सोनादा: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका सल्लाहकार समिति र प्रचार प्रसार विभागका कर्मठ सदस्य मालबजार निवासी साधनकुमार दास उर्फ केशव दासको केही दिन अघि असामयिक निधन भएको थियो। उनको स्मृतिमा उनकै निवास स्थान मालबजारमा मानव उत्थान सेवा समिति मालबजार तहसीलको आयोजनामा श्रद्धाञ्जली सत्संग कार्यक्रम समितिका उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अदिना बाईजीको अध्यक्षतामा सम्पन्न भएको थियो। साधनकुमार दासले आफ्नो जीवनकालमा मानव उत्थान सेवा समिति र मानव सेवा दलको शाखादेखि प्रान्तसम्मका विभिन्न पदहरूमा रहेर सांगठानिक सुदृढीकरण साथै आत्म ज्ञानको प्रचार- प्रसारमा दिएको अमूल्य योगदानको स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि अर्पण गर्न श्रद्धाञ्जलि सत्संग समारोहमा अध्यक्षा महात्मा अदिना बाईजीको साथमा  महात्मा देविका बाईजी, महात्मा  गौरी बाईजी, महात्मा मुकुन्द बाईजी, महात्मा विशाखा बाईजी, महात्मा निर्मोही बाईजी, महात्मा अम्बे बाईजी, महात्मा सुरभी बाईजी, महात्मा पूर्णिमा बाईजी,  महात्मा सुलोचना बाईजी, महात्मा आइती बाईजी लगायत मानव सेवा दलका प्रान्तपाल भीमप्रकाश राई, समितिका उपाध्यक्षद्वय दीपक राई, गौतम नाग, सह सचिव कमल शिवा, प्रचार प्रसार सचिव मेघनाथ छेत्री, समितिका वरिष्ठ कार्यकर्ता सचिन खाती, मानव सेवा दलका मण्डल प्रमुखद्वय बिनिता राई, नवदीप लामा, मण्डल प्रशिक्षका सुनिता राई( तामांग), युवा संयोजक कुमार योञ्जन, सांंस्कृतिक विभागका प्रभारी विमल राई,  कृष्ण अधिकारी, भुखन बडाइक,  मलय बडाइक, नरहरि छेत्री आदि कार्यकर्ताहरूको साथमा डुवर्स क्षेत्रका विभिन्न तहसीलहरूबाट प्रेमी भक्त समुदाय उपस्थित भएका थिए। श्रद्धाञ्जली सभालाई महात्मा अदिना बाईजी, महात्मा अम्बे बाईजी, दिलीप मोक्तान, मेघनाथ छेत्री, कमल शिवा , सचिन खातीले सम्बोधन गरी साधनकुमार दासले आफ्नो जीवन कालमा समिति , सेेेवादलमा संलग्न रहेेर  दिनुभएको योगदानहरूको स्ममण गरेका थिए।पिता स्व. सुचित रञ्जन दास र माता स्व. शान्तिलता दासको सुपुत्र साधन दासको जन्म २७ जनवरी १९५५ सालमा भएको थियो । सानैदेखि अध्यात्ममा रुचि राख्ने साधनले १६ जुलाई १९७९ सालमा दार्जीलिङको निम्की डाँडास्थित हंस वैकुण्ठधाममा श्री सतपालजी महाराजको शरणमा आएर आत्मज्ञानको दीक्षा प्राप्त गरेर उनले तन मन धनले लगनशील  भएर श्रीगुरु दरवारमा आत्मज्ञानको प्रचारमा साधु सन्तलाई साथ दिएर श्रीगुरु महाराजजीको सेवा गर्दै अघि बढेका थिए। उनले मानव उत्थान सेवा समिति र मानव सेवा दलमा रहेर शाखा, तहसिल र जलपाईगडी जिल्लामा विभिन्न पदभार निभाउँदै अध्यात्म ज्ञानको प्रचारमा सहयोग गरेका थिए। उनी एक कुशल र श्रीगुरुदरवारका पुराना फोटोग्राफर पनि थिए अनि समितिको प्रचार प्रसार विभागमा  अनि समितिको उत्तर पूर्बाञ्चल क्षेत्रको सल्लाहकार समितिको सक्रिय सदस्यको रुपमा रहेर जीवनको अन्तिम कालसम्म  सेवा गरेका थिए। २२ दिसम्बर २०२३ को दिन उनको निधन भएपछि समितिलाई अपूरणीय क्षति भएको कुरो वक्ताहरूले जनाएका थिए। उपस्थित सबैले उनको तस्वीरमा पुष्पार्पण गरी श्रद्धाञ्जली चढाएका थिए। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र, प्रचार- प्रसार विभाग र मालबजार तहसीलको तर्फबाट शोक समवेदना पत्र प्रदान गरेका थिए। साधन दासले आफूपछि आफ्ना धर्मपत्नी सुलेखा दास, पुत्रद्वय लव र कुश अनि दुइ बुहारीलाई छाडी गएका छन्। श्रद्धाञ्जली सभामा उपस्थित सन्त महात्मागणले  सत्संग प्रवचन एवम् भजन गायक कलाकारहरूलेे भक्ति र वैराग्यमा आधारित भजनहरू प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement