कोलकाताः राशन वितरण भ्रष्टाचार क्रममा पक्रा परेका बनगाउँका पूर्व मेयर शंकर आद्या उर्फ डाकूको अफिसबाट ईडीले भारी मात्रामा बांग्लादेशी करेन्सी जफत गरेको छ। भारतीय मुद्रामा यो रकम लगभग साढ़े छह लाख रूपियाँ छ। ईडी सूत्रहरू अनुसार, यो पैसा मध्य कोलकाताको मार्क्विस स्ट्रीटमा एक विदेशी मुद्रा व्यापार कार्यालयबाट जफत गरिएको छ। उक्त अफिस शंकरको हो। ईडीले उक्त अफिसमा यति भारी मात्रामा विदेशी मुद्रा किन राखिएको थियो यसको पत्तो लगाइऱहेछ। सोमवार ईडीले शंकरसित जोड़िएका छह ठेगानामा खोजी अभियान चलाएको थियो, जसमा उसका चार्टर्ड अकाउन्टेन्टको अफिस पनि सामेल रहेको छ।
अबेर रातिसम्म चलेको खोजी अभियानमा यो विदेशी मुद्रा जफत गरिएको छ। सोमवार बिहान लगभग ११.३० बजी ईडीले राशन भ्रष्टाचार मामिलाको जाँचको निम्ति शहरमा छह ठाउँ तलाशी शुरू गऱ्यो। यसमा शंकरको चार्टर्ड अकाउन्टेन्ट अरविन्द सिंहको अफिस पनि सामेल थियो। यस बाहेक ईडीले चौरंगी क्षेत्रमा शंकरको एक फरेक्स फर्म (विदेशी मुद्रा ट्रेडिङ फर्म) को कार्यालयमा छापा माऱ्यो। बांग्लादेशी मुद्रा मार्क्विस स्ट्रीट कार्यालयबाट जफत गरिएको छ।
०५ जनवरी बिहान ईडीले शंकरको बनगाउँस्थित घरमा तलाशी लिएको थियो। लगभग १७ घण्टाको तलाशीपछि उसलाई पक्राउ गरिएको थियो। ईडीले उसलाई कोर्टमा पेश गर्दै दाबी गऱ्यो कि शंकर ९० भऩ्दा धेरै फरेक्स कम्पनीहरूको मालिक हो। यद्यपि, सबै उसको नाममा छैन। आफ्नो आफन्तहरू र परिचितहरूको नाममा उसले कम्पनीहरू किनेको थियो ताकि सुरक्षा एजेन्सीहरूको आँखा छल्न सकियोस्।
केन्द्रिय एजेन्सीको दाबी छ, शंकरले यस संस्थाको माध्यमले विदेशमा कम्तीमा २० हजार करोड़ रूपियाँको लेनदेन गरेको छ। ईडीले दाबी गरेको थियो, शंकर राशन मामिलामा पक्रा परेका राज्य मन्त्री ज्योतिप्रिय मल्लिक उर्फ बालूको करीबी हो। शंकर अस्पतालमा पत्रहरूको माध्यमले मन्त्रीको सम्पर्कमा थियो। त्यहीमध्ये एक चिट्ठी ईडीको हात परेको थियो, जसमा पैसाबारे हिसाब लेखिएको थियो। यसको आधारमा उसको घरमा छापामारी भएको थियो।
-हिस