अम्बटेको टार गाउँस्थित काली मन्दिरदेखि बसिरे गाउँ शिवालय मन्दिरसम्म जाने बाटोको सभासद कल्पना प्रधानद्वारा शिलान्यास

IMG-20240116-WA0212.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पंखाबारी अम्बटे लंगभ्यू समष्टिको अम्बटे ब्लकमा टार गाउँ काली मन्दिरदेखि बसिरे गाउँ शिवालय मन्दिरसम्म जाने बाटोको शिलान्यास कार्यकारिणी सभासद कल्पना प्रधानको बाहुलीबाट गरियो। दीर्घकालीन समस्या रहेको यो बाटो आज आएर निर्माण हुन गइरहेको छ। यहाँको जनतामा यसरी बाटो आउँदा खुशीको लहर छाएको जानकारी प्राप्त भएको छ। उक्त रोडको शिलान्यास कार्यपछि क्षेत्रीय सभासद कल्पना प्रधानले बाटो राम्रो अनि सुन्दर तरिकाले हुनुपर्छ अनि यहाँका स्थानीय जनताहरूले एउटा देखरेख कमिटी बनाएर साथै ठेकादार अनि इञ्जिनियरहरूसँग तालमेल राखेर यो बाटो निर्माण गरिदिने आह्वान् गरिन्। उनले कसैले पनि यो रोड निर्माणमा बाँधा सृष्टि नगरिदिने निवेदन गर्दै बल्ल बल्ल आएको बाटो राम्रो हुनुपर्छ भनी बताइन्।

आजको शिलान्यास कार्यक्रममा पंखाबारी अम्बटे लंगभ्यू समष्टिका कार्यकारिणी सभासद कल्पना प्रधानसितै भागोप्रमो अम्बटे ब्लक सभापति अमृत छेत्री, सचिव तुसार राई, पञ्चायत प्रधान, पञ्चायत सदस्य साथै टार गाउँ, बसिरे गाउँ तथा वरिपरिका जनता उपस्थित रहेका थिए अनि त्यहाँ जनताको पक्षबाट जीटीए चिफ् अनित थापा, सभासद कल्पना प्रधान, समष्टि प्रतिनिधि र ब्लक प्रतिनिधिलाई धन्यवाद दिएका छन् भनी सुन्दर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement