जलपाइगढ़ीः उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ४०औं बटालियन बीएसएफको विशेष एमसीपी पार्टीले पानीकौरी टोल प्लाजा नजिक एनएच-३१(डी) मा फाटापुकुरदेखि जलपाइगढ़ी आइरहेको भैंसीहरू लोड गरिएको पाँच ट्रकलाई जफत गरेको छ।
पशु तस्करीको आरोपमा १४ भारतीय नागरिकहरूलाई समाएको छ। पक्रा पर्नेहरूको नाम इरफान (५२ ), तमसूर आलम उर्फ चनवा (१८), अनिल (४०), सैदुर हुसैन (४०), मोहिरूद्दीन शेख (३४), फैजान अली (३९), आशु खान (३८), मेराज आलम (१९), अलाउद्दीन (३२), अन्सूर आलम, मोहम्मद मनिरूद्दीन शेख (२१), मोहम्मद फरजान (३३), सतबलज अली (२६) र सोएब अली (२४) बताइएको छ।
प्राप्त जानकारी अनुसार, गुप्त सूचनाको आधारमा जलपाइगढ़ी सेक्टर अन्तर्गत ४०औं बटालियन बीएसएफको विशेष एमसीपी पार्टीले पानीकौरी टोल प्लाजा नजिक एनएच-३१(डी) मा संदिग्ध पाँच वटा ट्रकलाई रोक्यो। जब ट्रकहरूको तलाशी लिइयो तब २४० भैंसी उद्धार गरियो। चालकहरू भैंसी सम्बन्धी कुनैपनि दस्तावेज पेश गर्न नसक्दा चालक र सहचालक सहित १४ तस्करलाई समाइयो। बीएसएफ पार्टीले पक्रा परेका तस्करहरूदेखि १४ मोबाइल र एक हजार २४० रूपियाँ जफत गरेको छ। पक्रा परेको भारतीय नागरिकलाई जफत समानको साथ कोतवाली थानालाई सुम्पिएको छ।
-हिस