कोलकाताः भाजपापछि अब आईएसएफले पनि विक्टोरिया हाउस छेउ सभाको निम्ति कलकत्ता हाई कोर्टको दैलो ढकढकाएको छ। २१ जनवरी पार्टीको स्थापना दिवसमा आईएसएफ त्यहॉं कार्यक्रम आयोजन गर्न चाहन्छ। तर, पुलिसले यसको निम्ति अनुमति नदिएको आरोप छ। आईएसएफले सभाको अनुमतिको निम्ति मंगलवार उच्च न्यायाको दैलो ढकढकाएको छ। जस्टिस जय सेनगुप्ताले केस दर्ता गर्ने अनुमति दिएको छ। जस्टिसले सोधे, के त्यस ठाउॅंमा जनसभा भइरहन्छ? आईएसएफका वकील फिरदौस शमीमले भने, तृणमूलले पनि त्यस ठाउॅंमा सभा बरेको थियो।
उनले अझ भने, अनुमति नदिनुको कारण गत वर्ष कार्यक्रम अवधि रानी रासमणि रोडमा उपद्रव भएको थियो। पुलिसले लिखित रूपमा कानून व्यवस्था बिग्रिन सक्ने आशंकाका कारण अनुमति नदिएको बताएको छ। कोर्टले यस सन्दर्भमा बुधवार सुनवाई गर्ने भएको छ। गत वर्ष २९ नोभेम्बरमा भाजपाले तृणमूलको २१ जुलाईको सभास्थलमा केन्द्रिय गृह मन्त्री अमित शाहको उपस्थितिमा सभा गरेको थियो। तर, यसको निम्ति भाजपाले उच्च न्यायालयको दैलो ढकढकाउनु परेको थियो।
-हिस