विक्टोरिया हाउस सामू सभाको अनुमतिको निम्ति हाईकोर्ट पुग्यो आईएसएफ

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः भाजपापछि अब आईएसएफ विक्टोरिया हाउस सामू सभा गर्नको निम्ति कलकत्ता हाईकोर्ट पुगेको छ। २१ जनवरीमा पार्टीको स्थापना दिवसमा आईएसएफले त्यहाँ कार्यक्रम गर्न चाहन्छ। पुलिसले सभाको निम्ति अनुमति नदिएको आरोप छ। आईएसएफले सभाको अनुमतिको निम्ति मंगलवार उच्च न्यायालयको दैलो ढकढकायो। जस्टिस जय सेनगुप्ताले केस दर्ता गर्ने अनुमति दिएको छ। जस्टिसले सोधे, के त्यस ठाउँमा जनसभा हुँदै आएको छ कि छैन ? आईएसएफका उकील फिरदौस शमीमले अदालतलाई बताए कि तृणमूल त्यस ठाउँमा सभा गरेको थियो। गत साल कार्यक्रमको कारण रानी रासमणि रोडमा उपद्रव भएको थियो बताएर कार्यक्रम हुन दिइएको छैन। पुलिसले लिखित सूचना दिएको छ कि कानून-व्यवस्था बिग्रिने आशंका छ यसैले अनुमति दिन मिल्दैन। यसपछि कोर्टले मामिलाको सुनवाई बुधवार गरिने भन्यो।

गत साल २९ नोभेम्बरमा भाजपाले तृणमूलको २१ जुलाईको सभास्थलमा केन्द्रिय गृहमन्त्री अमित शाहको उपस्थितिमा सभा गरेको थियो। यद्यपि, यसको निम्ति पनि बंगाल भाजपाले उच्च न्यायालयको दैलो ढकढकाएको थियो किनभने कोलकाता पुलिसले उसलाई उक्त स्थानमा सभा गर्ने अनुमति दिएको थियो। अब आईएसएफ पनि मार्गमा छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement