उत्तर दिनाजपुर : पुलिस भ्यानले ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका छन्। घटना राष्ट्रिय राजमार्ग नम्बर २७ मा रहेको चोपडा ब्लक दलुआ स्वास्थ्य केन्द्रको अगाडि भएको हो। स्थानीय स्रोतका अनुसार सिलगढी जाने क्रममा पुलिस भ्यानले दुईजना बाइक सवारलाई पछाडिबाट ठक्कर दिँदा दुवै बाइक सवार भुइँमा खसेका थिए। दुवै जनालाई घाइते बनाएर पुलिस भ्यान घटनास्थलबाट भागेको थियो । घटनापछि स्थानीयले मझियाली क्षेत्रमा राष्ट्रिय राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग नम्बर २७ केहीबेर अवरुद्ध भएपछि स्थानीयको सहयोगमा घाइते दुवैलाई उत्तर बङ्गाल मेडिकल कलेज लगिएको थियो भने चोपडा थानाको पुलिस घटनास्थल पुगेको थियो ।