सिलगढी: जी-२० का मुख्य संयोजक तथा भारतका पूर्व विदेश सचिव हर्षवर्धन श्रृङ्लाले आज आफू भूमिको छोरा भएको बताएका छन्। सिलगढी र दार्जीलिङ उनका लागि घरजस्तै भएको छन्। आज उनी सिलगढीको मल्लागढी क्षेत्रमा रहेको हनुमान मन्दिरमा पूजा गरेपछि त्यहाँका जनतासँग कुराकानी गरे। दार्जीलिङ लोकसभा सिटबाट हर्षवर्धन श्रृङ्लालाई टिकट दिइने अनुमान गरिएको छ। तर, लोकसभा चुनावको मिति अझै घोषणा गरिएको छैन, यसका साथै भाजपाले कुनै संकेत दिएको छैन। तर, केही समयदेखि उनी लगातार दार्जीलिङ र सिलगढी भ्रमण गर्दै आएका हुनाले यस्तो अड्कलबाजी शुरु भएको छ।
हर्षवर्धन श्रृङ्लाले पनि दार्जीलिङ जिल्लाका विभिन्न स्थानमा जनसम्पर्क गरिरहेका छन्। आज पनि सदाझैँ मंगलबार बिहान आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दार्जीलिङ जिल्लाको बासिन्दा भएको बताए। दार्जीलिङका जनताको लामो समयदेखिको माग पूरा होस् भन्ने उनले चाहेका छन्।