अरिबहादुर गुरुङको सालिग स्थापना गर्न सालुगडामा सांगीतिक कार्यक्रम सप्पन्न

IMG-20240116-WA0146.jpg

सिलगढी: अरिबहादुर गुरुङ फाउन्डेसनले खरसाङ महकुमाअन्तर्गत सिटोङ-२ मा ब्यारिस्टर अरिबहादुर गुरुङको ५० फीट लामो सालिग निर्माण गर्न लागिरहेको छ। यस सालिग निर्माणको निम्ति यस संस्थाले अर्थ संग्रह गर्न विभिन्न  कार्यक्रमहरु गर्दै आइरहेको छ। गत आइतबार अरिबहादुर फाउन्डेसनले एक सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रममा गायिका जीसारेगमापा लिटल च्याम्सकी विजयी प्रतियोगी जेटशन डोना लामा, गायक पुष्पन प्रधान अनि साराथी समुह र जुनु गौतमल गीतहरु प्रस्तुत गरे। सुपर डान्सर उपविजेता परि तामाङ र सिटोङ डान्स एकाडेमीका प्रभात राई अनि सम्भावी खवासले नृत्य प्रस्तुत गरे।
समारोहका प्रमुख अतिथि  ब्यारिस्टर अरिबहादुर गुरुङका छोरा डा. उदय गुरुङले आफ्ना स्व. बाबु अरिबहादुर गुरुङको तस्वीरमा दीपप्रज्वलन गरेर कार्यक्रमको शुरूवात गरियो। समारोहका विशिष्ट अतिथि सांसद राजु बिष्टले अरिबहादुर गुरुङको सालिग निर्माणको निम्ति आफूले तन, मन, धन दिएर सहयोग गर्ने कुरा बताए। रमन सुन्दाले संचालन गरेको समारोहमा अध्यक्ष अमित गुरुङ, उपाध्यक्ष भीम कोइराला, सचिव कविन्द्र शर्मा, संयुक्त सचिव विक्रम राई, कानुनी सल्लाहकार, रिकश घले सदस्य मञ्जुला तामाङको बाहुलीबाट सांसद राजु बिष्ट, समाज सेवक सुदीप प्रधान  अनि समाजसेवक सुरेन्द्र प्रधानलाई स्मृति  चिन्ह अनि उपहार दिएर  सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement