हतियारसहित एकजना पक्राउ

b2b7b38a-6309-40c1-944c-b0008e8987d7


मालदाः कालीचक पुलिसले पाइप गनसहित एक जनालाई पक्राउ गरेको छ। अभियुक्तको नाम खोकन मण्डल हो। उनको घर कालियाचक पुलिस थाना अन्तर्गतको जलालपुरको जमीरघाटा क्षेत्रमा छ।
कालियाचक पुलिस थानाबाट पुलिसले गोप्य सूचना पाएपछि सोमबार राति जमीरघाटा रोडबाट उक्त व्यक्तिलाई पिस्तोलसहित पक्राउ गरेको हो। पक्राउ परेका खोकन मण्डलबाट एक थान पाइपगन र एक राउण्ड गोली बरामद भएको छ। पुलिस स्रोतका अनुसार कालियाचक थानाको पुलिसले आरोपी खोकन मण्डललाई मंगलवार मालदा जिल्ला अदालतमा पेश गरेको थियो। अभियुक्तले पाइपगन कुन प्रयोजनका लागि राखेका हुन् भन्नेबारे पुलिसले अनुसन्धान शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement