तीन सय जनाले काम पाउने
मालदाः मालदाका प्रवासी मजदुरहरूको वर्षौं पुरानो सपना पूरा भएको छ। मालदामा गलैंचा कारखाना खुल्यो। राज्य सरकार र जिल्ला औद्योगिक केन्द्रको पहलमा मालदाको अंग्रेजीबजार ब्लकको सत्तरी गाउँमा नवनिर्मित गलैंचा कारखानाको उद्घाटन गरिएको छ। यसको औपचारिक उद्घाटन मालदा जिल्लाका अतिरिक्त जिल्ला मजिस्ट्रेटले गरेका थिए। सो अवसरमा जिल्ला उद्योग केन्द्रका महाप्रबन्धक मानवेन्द्र मण्डललगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यो गलैंचा बनाउने कारखानामा करिब तीन सय जनाले काम पाउनेछन्। राज्य सरकारको पहलमा मालदामा पहिलो गलैंचा उत्पादन कारखाना शुरू भएको छ। जहाँ गलैंचा निर्माणसँगै गलैंचा बुन्ने काम पनि गरिनेछ। कार्पेट कारखानाको उद्घाटन भएपछि जिल्लावासी खुसी भएका छन्। मालदा जिल्लाको अंग्रेजी बजार ब्लक र माणिकचक ब्लकका लाखौं मजदुरहरू यस गलैंचा उद्योगसँग आवद्ध छन्। स्वदेशमा यो गलैंचाको माग नभए पनि विदेशमा भने यसको ठूलो माग छ। यो कार्पेटको माग मुख्यतया चिसो बाहुल्य देशहरूमा देख्न सकिन्छ।

अहिले गलैंचा कारखानामा कारीगरलाई तालिम दिन शुरूमा १२ वटा गलैंचा लम जडान गरिएको छ। आगामी दिनमा यस कारखानामा झण्डै ६० वटा लम जडान गरिने जिल्ला औद्योगिक केन्द्रका अधिकृत मानवेन्द्रले बताए।