गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले चाय जनजातिहरूको जीवनको चाड पवित्र टुसू पूजाको शुभकामना दिएका छन्।

मुख्यमन्त्री डा. सरमाले आज सोशियल मिडिया एक्समा एउटा पोस्ट शेयर गर्दै लेखेका छन्, चाय आदिवासी दाजु भाई र दिदी बहिनीहरूको यो प्रमुख मांगलिक पर्वले सबैको जीवनलाई खुशी, समृद्धि र शान्तिपूर्ण बनाओस्। टुसू देवीसॅंग म यस्तै प्रार्थना गर्दछु।