मन्त्री केएन लेप्चाले विद्यार्थीहरूलाई झण्डा हल्लाएर प्रस्थान गराए एक्सपोजर ट्रिप

n5746862621705398817855af86e36dd1b400cc9b8a971cc04e069799cdc62a0aa085f4001e87df74d55bb9.jpg

गान्तोक: राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चाले आज सिक्किम सरकारी महाविद्यालयका विद्यार्थीहरूलाई एक्सपोजर ट्रिपको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए। विशेष गरेर आज बिहान राजधानीस्थित एसएनटी परिसरबाट दिल्ला, आग्रा र जयपुरको निम्ति अध्ययन भ्रमणको निम्ति प्रस्थान गराएका हुन्। यस भ्रमणमा राज्यका १३ वटा महाविद्यालयबाट कूल ११४ जना विद्यार्थीहरू सामेल रहेका छन्। आजदेखि शुरू भएको उनीहरूको अध्ययन भ्रमण आगामी २२ जनवरीसम्म निरन्तर रहनेछ। यस यात्राको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानको लागि ऐतिहासिक महत्वपूर्ण स्थानहरूबारेमा जानकारी लिने अवसर प्रदान गर्नु रहेको छ।।

मन्त्रीले विद्यार्थीहरूलाई आफ्नो संक्षिप्त सन्देशमा विद्यार्थीहरूलाई आतिथ्य र अनुशासनका लागि परिचित सिक्किमको राम्रो नाम कायम राख्न सुझाउ दिए। उनले विद्यार्थीहरूलाई ऐतिहासिक स्थलहरूबारे जानकारी प्राप्त गरेर त्यहाँबाट धेरै अनुभव लिन सक्ने बताए। उनले राज्य सरकारले प्रदान गरेको यस यात्राको पूरा फाइदा लिन विद्यार्थीहरूलाई प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement