डुवर्स क्षेत्र बाक्लो कुहिरोभित्र लुकामारी खेल्दै

IMG-20240116-WA0168.jpg

अलिपुरद्वार: पूरै डुवर्स बाक्लो कुहिरोले ढाकेको छ। मंगलबार बिहानदेखि घामको दर्शन पाउन सकिएको छैन। हासिमारा, अलीपुरद्वार शहर, भुटानको सीमा जयगाउँ सहित पूरा अलिपुरद्वार जिल्ला बाक्लो कुहिरोले ढाकेको छ। जिल्लाका अधिकांश स्थानमा बिहानैदेखि भिजिबिलिटी निकै कम छ। बाक्लो कुहिरोका कारण राष्ट्रिय राजमार्गदेखि प्रदेश राजमार्गसम्म कुहिरोले ढाकेको छ। जसका कारण अन्य दिनको तुलनामा सवारी साधनको गति पनि कम रहेको देखिन्छ। जीविकोपार्जनको खोजीमा घरबाहिर निस्केका मानिसहरु चिसोबाट बँच्न आगो बालिरहेका छन्।

जिल्लाका विभिन्न स्थानमा मानिसहरु सडक छेउमा आगो बालेर शरीर न्यानो पार्ने प्रयासमा देखिएका छन्।

About Author

Advertisement