खरसाङ: तीनधारेका एकजना समाजसेवी, कलाकार साथै अनुसूचित जाति दार्जिलिङ केन्द्रीय समिति सदस्य हिरण लकान्द्रीको आज बिहान आकस्मिक निधन भएको छ। उनी तीनधारेको मादले टाेलीका सदस्य तथा अम्वेडकर फेलाेशिप सम्मानित एकजना समाजिक कार्यकर्ता, लोक गायक तता साहित्य कला संस्था तीनधारेका कर्मठ सदस्य थिए। उनको निधन आज बिहान ३ बजे ५४ वर्षको उमेरमा उत्तर बंगाल मेडिकल कलेजमा भएको तीनधारेबाट सुकुमार बराईलीले जानकारी दिएका छन्। उनले बताए अनुसार हिरण लकान्द्री विगत केही समयदेखि मृगाैलाकाे राेगले ग्रसित थिए भने उनलाई केही गिन अघि सिकिस्त अवस्थामा सिलगढीको एक निजी नर्सिङ हाेममा उपचारको लागि राखिएको थियो। त्यसपछि उत्तर बंगाल मेडिकल कलेजमा उपचारधीन अवस्थामा निधन भएको छ। परिवारमा काइँला छोरा हिरण लकान्द्रीले आफुपछि एकजना दाजु, एकजना भाइ, एकजना दिदी र एकजना बहिनीलाई छोडीगएका छन्। उनको पार्थिव शरीरलाई तीनधारेस्थित घरबाट भोलि बुधबार अन्तिम संस्कारको लागि लगिने जानकारी प्राप्त भएको छ। उनी आफ्नो जाति र ठाउँको लागि मरिमेट्ने व्यक्ति थिए भने जातीय संस्कृति र जातीय संरक्षणको लागि सक्रिय थिए।