एशियन गेम्सको टीममा नाम नहुँदा अचम्भित भएको थिएँः धवन

IMG-20240116-WA0152.jpg

नयाँ दिल्ली, १६ जनवरीः चीनको हांगझोऊमा गत वर्ष भएको एशियन गेम्सको निम्ति भारतीय क्रिकेट टीममा आफ्नो नाम नदेख्दा स्टार ओपनिंग ब्याटर शिखर धवन अचम्भित भएका थिए। लामो समयदेखि राष्ट्रिय टीमबाट बाहिर रहने धवनले फेरि एकपल्ट आफ्नो निराशा व्यक्त गरेका छन्। उनले भने, एशियन गेम्सको निम्ति चयन गरिएको टीममा आफ्नो नाम नदेख्दा मलाई अचम्भ लागेको थियो। पछिबाट मैले चयनकर्ताहरूका सोच्ने तरिका अलग भएको स्वीकार गरे। यति लामो करियरमा मैले यो सब सहन गर्न सिकिसकेको छु। एशियन गेम्सको टीममा आफ्नो नाम नआएपछि उनले कुनै पनि चयनकर्तासँग आफ्नो भविष्यबारे कुरा नगरेको अनि एनसीए (राष्ट्रिय क्रिकेट एकाडमी)-मा समय बिताएको धवनले बताए। उनले भने, मैले आफ्नो भविष्यबारे कुनै पनि चयनकर्तासँग कुरा गरिनँ। म नियमित रूपले एनसीए जान्छु अनि त्यहाँ समय बिताउने आनन्द लिन्छु। त्यहाँ असल सुविधाहरू रहेको छ। एनसीए-ले मेरो करियरलाई सही गोरेटोमा अघि बढ़ाउनमा ठूलो भूमिका निर्वाह गरेको छ। उल्लेखनीय छ, भारतले युवा खेलाड़ी रुतुराज गायकवाड़को कप्तानीमा एशियन गेम्समा हिस्सा लिएको थियो अनि स्वर्ण पदक पनि जितेको थियो। राष्ट्रिय टीमबाट बाहिर रहने धवनको नजर अहिले आईपीएलको आउँदो सीजनमा रहेको छ। उनी पञ्जाब किंग्सका कप्तान हुन्। आईपीएलमा उनको प्रदर्शन सदा स्तरीय रहेको छ। उनले अहिलेसम्म २१७ वटा आईपीएल म्याचमा ६६१६ रन बनाइसकेका छन्। यसमा दुईवटा शतक र ५० वटा अर्द्धशतक सामेल छ। आईपीएलमा धवनभन्दा धेर एकमात्र विराट कोहली (२३७ वटा म्याचमा ७२६३ रन)-ले रन बटुलेका छन्। आईपीएलमा कोहलीको नाममा सातवटा शतक अनि ५० वटा अर्द्धशतक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement