मालदामा टोटो चालकको शव उद्धार

d36b9fe4-df51-464b-8490-03f1bd939386

मालदाः मालदामा फेरि एक टोटो चालकको रगतले लतपतिएको शव भेटिएको छ। पुलिसले घटनाको अनुसन्धान शुरू गरेको छ। यो सनसनीपूर्ण घटना मालदा जिल्लाको अंग्रेजी बजार नगरपालिकाको वार्ड नम्बर २३ को नेताजी कोलोनी क्षेत्रमा भएको हो। शवलाई पोस्टमार्टमका लागि मालदा मेडिकल कलेज अस्पतालको शवगृहमा पठाइएको छ। मृत्यु हुने टोटो चालकको नाम सञ्जय चौहान (२२) रहेको छ। उहाँका श्रीमती प्रियङ्का् चौहान र एकजना छोरी छ। सञ्जय पेसाले टोटो चालक हुन्। मृतक टोटो चालकको घर बालुरघाटको कादिरपुर बटला क्षेत्रमा रहेको छ। विवाहपछि सञ्जय आफ्नो परिवारसँग मालदा जिल्लाको नेताजी कोलोनी क्षेत्रमा रहेको आफ्नो ससुरासँगै बस्दै आएका थिए। अन्य दिन जस्तै राति घर फर्कने क्रममा बाटोमा कसैले समातेर धारिलो हतियार प्रहार गरी कुटपिट गरेको थियो। परिवारका सदस्यहरूले उनलाई तुरुन्तै उद्धार गरे र आज बिहान मालदा मेडिकल कलेज अस्पतालमा लगे, जहाँ आपातकालीन विभागमा डाक्टरहरूले टोटो चालकलाई मृत घोषित गरे। सडकमा सञ्जयलाई कसैले कुटपिट गरी घाँटी र पूरै शरीरमा ब्लेड प्रहार गरेको परिवारजनको आरोप छ। यस सम्बन्धमा मृतकका परिवारका तर्फबाट अंग्रेजीबजार थानामा लिखित उजुरी परेको छ। अङ्ग्रेजीबजार थानाले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement