१६ जनवरीः रोहिनी युथ क्लबको तत्त्वावधानमा आयोजित शहीद मिलन तामाङ स्मृति ओपन मिनी पोस्ट नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। रोहिनी लेकमाथि स्थित गैरी गाउँ खेल मैदानमा सोमवार भएको पहिलो म्याचमा चैतेपानीले अंकल बोइजलाई २-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा सुकना युनाइटेडले अजय सेवेनलाई ४-०-ले पराजित गऱ्यो। टुर्नामेण्टको फाइनल २१ जनवरीमा खेलिनेछ। यस फोर ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।