परिवर्तन कपः तकभर एफसी र यूडीएससी १६ आकार सेमिफाइनलमा

IMG-20240116-WA0112.jpg

१६ जनवरीः धोतरिया बालासन चियाबारीमा परिवर्तन ए क्लबको तत्त्वावधानमा आयोजित परिवर्तन कप फूटबल टुर्नामेण्टमा आइतवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। परिवर्तन खेल मैदानमा भएको पहिलो म्याचमा तकभर एफसी-ले बचन स्पोर्टिंगलाई ५-०-ले पिट्यो। विजेता टीमले सेमिफाइनलमा तितुस सेवेनको चुनौती स्वीकार्नेछ। तकभर एफसी-का सन्दीप बीके-लाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई पूर्व फूटबलर सुबी राईको बाहुलीबाट पुरस्कार प्रदान गरियो। यसरी दोस्रो म्याचमा यूडीएससी १६ आकार-ले साहिल स्पोर्टिंगलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका अनुराग यल्मोलाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई पञ्चायत समिति सदस्य हिम्मत प्रधानको बाहुलीबाट पुरस्कार प्रदान गरियो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल आउँदो वर्ष २० र २१ जनवरीमा हुनेछ। यसरी फाइनल २८ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक परिवर्तन ए क्लबका कोषाध्यक्ष सदीप राईले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *