पाकिस्तानमा चुनाव स्थगित गर्ने माग गर्दै प्रस्ताव पेश

western-lobby-expresses-concern-over-expected-delay-in-pakistan-polls.jpg

पाकिस्तानको माथिल्लो सदनमा ८ फरवारीमा हुने आमचुनाव स्थगित गर्न माग गर्दै प्रस्ताव पेश गरिएको छ। त्यसको दुई दिनपछि पाकिस्तानको सिनेटमा पनि यस्तै प्रस्ताव पेश भएको छ। सिनेटमा प्रस्तुत गरिएको यो तेस्रो प्रस्ताव हो, जसमा चिसो मौसम र सुरक्षा चिन्ताका कारण निर्वाचन स्थगित गर्न आग्रह गरिएको छ।
स्वतन्त्र सिनेटर हिलाल-उर-रहमानले पाकिस्तानको सिनेटमा पेश गरेको प्रस्तावमा अत्यधिक चिसो र हिमपातले खैबर पख्तुनख्वा प्रान्तका नागरिकहरूलाई मतदान गर्न कठिनाइ र उम्मेदवारहरूको प्रचारप्रसारका लागि चुनौतीहरू सिर्जना गर्ने बताइएको छ। त्यसैगरी, देशमा विशेष गरी खैबर पख्तुनख्वामा सुरक्षा चिन्ताका कारण उम्मेदवारहरूले चुनावी प्रचारका क्रममा आतंकवादी हमलाको धम्कीको सामना गरिरहेका छन्।
हिलाल–उर–रहमानको प्रस्तावमा सुरक्षा चिन्ताले पनि निर्वाचनपूर्व प्रक्रियामा अवरोध सिर्जना गरिरहेको उल्लेख छ । उक्त प्रस्तावमा निर्वाचन प्रक्रियाबाट बाहिरिने नागरिकको डरका कारण आम निर्वाचनको घोषणा गरिएको मिति खैबर पख्तुनख्वा प्रान्तका लागि उपयुक्त नभएको दाबी गरिएको छ।
प्रस्तावले पाकिस्तानको निर्वाचन आयोगलाई फेब्रुअरी ८ को मिति अगाडि बढाउन र सबै सम्बन्धित सरोकारवालाहरूको सहमतिमा स्वीकार्य मितिमा चुनाव गराउन आग्रह गरेको छ। दुई दिनअघि स्वतन्त्र सिनेटर हिदायत उल्लाहले पनि निर्वाचन तीन महिना ढिलो गर्न माग गर्दै प्रस्ताव प्रस्तुत गरेका थिए।
उल्लाहले देशका विभिन्न भागमा भएको आतंकवादी हमला र ‘सुरक्षा चुनौती’ लाई पनि चुनाव स्थगित गर्न माग गर्नुको कारण बताए। यसैबीच, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले बिहीबार सर्वसम्मतिले समयमै चुनावका लागि सिनेट अधिवेशन बोलाउन माग दर्ता गराएका छन्। माग पत्रमा पाकिस्तानले थप राजनीतिक अनिश्चितता सहन नसक्ने तर्क गरेको छ।
पीटीआई र पीपीपीको माग पत्रमा लोकतान्त्रिक प्रक्रियालाई सुदृढ पार्न र संविधानको धारा २२४ को उपधारा २ बमोजिम राष्ट्रिय सभा र प्रदेश सभा विघटन भएको ९० दिनभित्र आम निर्वाचन हुनुपर्ने उल्लेख छ। निर्वाचन स्थगन गर्नेबारे निर्वाचन आयोगले पनि कुनै संकेत दिएको छैन र  ८ फरवारीमा हुने मतदानका सबै प्रक्रिया तोकिएकै अनुसार चलिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *