चालकहरूलाई लिएर सडक सुरक्षाबारे सचेतना कार्यक्रम सम्पन्न

IMG-20230410-WA0169-11-300x172-4

गान्तोक: नेहरु युवा केन्द्र, गान्तोक र पाकिम ट्राफिक पुलिसको संयुक्त पहलमा गत ११ जनवरीदेखि आयोजित सप्ताहव्यापी सडक सुरक्षा सचेतना कार्यक्रम अन्तर्गत पाँचौ दिनको कार्यक्रम डिस्ट्रिक्ट कोर्ट लोकल ट्याक्सी स्टयाण्डमा सम्पन्न भयो।

यस अवसरमा एकसय भन्दा अधिकले माई भारत लेखेके टी. सर्ट र टोपी लगाएका थिए।

सो कार्यक्रममा नेहरू युवा केन्द्रका डीवाईओ सौरव बर्मनले सडक सुरक्षाबारे जागरूकता ल्याउनु पर्ने विषयमाथि प्रकाश पार्दै सडक दुर्घटना कम गराउन सुरक्षाका उपायहरू अप्नाउनु पर्ने आग्रह गरे। यस अवसरमा सौरब बर्मनले स्वंयसेवकहरूसँग अन्तरक्रियास गर्दै ट्राफिक सुरक्षाको नियमको सठीक जानकारीबारे छलफल गरे। सोही क्रममा ट्राफिक पुलिसका प्रशिक्षक नरेन राईले सडक दुर्घटनाको मुख्य कारणबारे चालकहरूलाई अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement