बेपत्ता बालिकालाई केही घण्टामै फेला पारेर परिवारको जिम्मा लगायो पुलिसले

Capture7-2.png

सिलगढी: सिलगढीमा एउटा अचम्मको घटना प्रकाशमा आएको छ। एउटी नाबालिग बेपत्ता भएका थिए। सिलगढी महानगरीय पुलिसको खाल्पाडा थानाको पुलिसले तत्कालै उनको खोजी सुरु गरेको थियो। बेपत्ता बालिकलाई पुलिसले केही घण्टामै बरामद गरेको थियो। नाबालिग आफ्नी हजुरआमासँग फालकाटाबाट सिलगढी आएको बताइएको छ। उनी दिउँसो ४ बजे महावीरस्थानको कालीबारीबाट बेपत्ता भएकी हुन्। खालपाडा क्षेत्रमा घुमफिर गरेको देखेपछि स्थानीयले खालपाडा थानालाई बुझाएका थिए। पुलिस कर्मचारीले नाबालिगलाई जाडोको लागि न्यानो लुगा र चकलेट दिए। पछि बालिकालाई आमाको जिम्मा लगाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement