कालिम्पोङ जानुअघि सिलगढीमा सेनाका जवान बेपत्ता

IMG-20230528-WA0320-5-300x172-5

सिलगढी: राज्य प्रशासनको निर्देशन पछि, सिलगढी पुलिस अब आन्ध्र प्रदेश सेना सिपाही खोज्न संघर्ष गरिरहेको छ।चार दिन बितिसक्दा पनि कालिम्पोङ ड्युटीमा आएका सैनिकको पत्तो लागेको छैन। यहाँ, नयाँ जलपाईगुडी थानाको पुलिसले पनि उक्त सिपाहीको खोजी सुरु गरेको छ। यस बाहेक सिलगढी पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) पनि सिपाहीको खोजीमा खटिएको छ।यस विषयमा सिलगढीका पुलिस आयुक्त सी सुधाकरले बेपत्ता सैनिकको खोजी भइरहेको बताए ।वास्तवमा, आन्ध्र प्रदेशका उक्त सैनिक पहिले कोलकातामा कार्यरत थिए। उनलाई केही दिनअघि कालिम्पोङ सरुवा गरिएको थियो। उनी १० तारिक रेलबाट एनजेपी आउँदै थिए। उनले अन्तिम पटक आफ्नी श्रीमतीसँग जनवरी १० मा कुरा गरेका थिए। उनले आफू एनजेपी स्टेशनमा रहेको बताए। त्यसपछि परिवारका सदस्यले उनीसँग सम्पर्क गर्न सकेका छैनन्। ती जवान तमिलनाडुका एक नेताको परिचित रहेको बताइएको छ। यस विषयमा प्रदेश प्रशासनलाई जानकारी गराइएको थियो। यसपछि सिलगढी महानगरीय पुलिसलाई घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ। त्यसपछि एनजेपी थानाले बेपत्ता मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। श्रोतका अनुसार जवानको मोबाइलको अन्तिम लोकेशन फासिदेवा रहेको पाइएको थियो। सोही दिन बिहान ६ बजे जिआरपीले फासिदेवाको निजबारी क्षेत्रमा रेलको ठक्करबाट मृत्यु भएका एक जनाको लाश फेला पारेको थियो। लाश भेटिएको स्थानबाट २०० मिटर टाढा बेपत्ता सैनिक जवानको झोला र मोबाइल फोन पनि पुलिसले बरामद गरेको छ।यद्यपी लाश उक्त सैनिकको हो वा होइन भन्ने पुष्टि हुन सकेको छैन। त्यसैगरी लाशको अवस्था नाजुक भएकाले परिवारका सदस्यले पहिचान गर्न सकेका छैनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *