गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज मुख्यमन्त्री कार्यालय कोषबाट विभिन्न लाभार्थीहरूलाई चेक र टोकन प्रदान गरे। यस अवसरमा उनलेकूल २१७ जनालाई मुख्यमन्त्री वित्त सहयोग कोषबाट चेक र टोकन वितरण गरेका हुन् जसमा २४ जना विद्यार्थीहरूलाई ल्यापटप पनि प्रदान गरियो। सोही क्रममा २३ जना लाभार्थीहरूलाई वातसल्य योजना अन्तर्गत आर्थिक सहयोग प्रदान गरियो भने ९९ जनालाई मुख्यमन्त्री विवेकाधीन कोषबाट आर्थिक सहयोग प्रदान गरियो,जसमा विभिन्न धार्मिक संगठन, व्यावसायी, गैर सरकारी संगठन र उद्यामी सामेल रहेका छन्।यसै क्रममा ६१ जनालाई मुख्यमन्त्री राहत कोषबाट अर्डर वितरण गरियो भने मुख्यमन्त्री विवेकाधीन कोषबाट गेलिङ सामसिङ निवासी विकास राईले चारवटा डेस्कटप्स,दुईवटा ल्यापटप, एउटा प्रिन्टर र एउटा जेरक्स मशिन् प्राप्त गरे। उनलाई यी सबै सामग्री सामुदायिक सेवा केन्द्र निर्माणको निम्ति प्रदान गरिएको हो।
उल्लेखनीय छ, लाभार्थी विकास राईले केही दिन अघि सम्पन्न भएको जनभेट कार्यक्रममा मुख्यमन्त्री समक्ष आवेदन बुझाएका थिए।