मुख्यमन्त्री तामाङले गरे नयाँ बजारमा मोडल पुलिस थानाको उदघाटन

IMG-20240115-WA0262.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्ला अन्तर्गत नयाँ बजारमा मोडल पुलिस थानाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीसँग मन्त्री एमएन शेर्पा, विधायक सुनिता गजमेर लगायत अन्यहरू पनि सामेल रहेका थिए।

यसरी नै पुलिस विभागबाट डीजीपी एके सिंह, एडीजीपी अभिचल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

२ करोड ८० लाखको लागतमा निर्माण गरिएको यस मोडल पुलिस थाना साढे दुई तलाको रहेको छ। यस थानाभित्र महिला र पुरूषको निम्ति भिन्ने हाजत रहेको छ भने यसरी नै ड्युटी कोठा, बाल अनि महिमा मैत्री कोठा, वायरलेस कोठा, एसएचओ र दोस्रो एसएचओको भिन्न भिन्ने कोठा रहनेछ। यो मोडल पुलिस थाना पूर्वाधारलाई सुदृढ गर्ने, पुलिस कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र सहयोग खोज्ने मानिसहरूलाई मैत्रीपूर्ण ठाउँ उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement