गान्तोक: मकर संक्रान्तिको अवसरमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नामिन एवं सम्लिक ग्राम पञ्चायत एकाई अन्तर्गत जुंकेरी डॉंडा क्षेत्रमा विधायक एवं स्थानीय मानिसहरूसॅंग मकर संक्रान्ति मनाए।
मकर संक्रान्तिको अवसरमा सिक्किमका राज्यपाल स्थानीय मानिसहरूसॅंग क्याम्प फायरमा सम्मिलित बने। कार्यक्रमको शुरूवात दीप प्रज्वलनका साथ गरियो। यसपछि स्थानीय भजन मण्डलीले भजन प्रस्तुत गरे। यस अवधि सांस्कृतिक टोलीले लोक नृत्य पनि प्रस्तुत गरे। क्याम्प फायरको अवसरमा खिचडी बनाएर प्रसाद स्वरूप वितरण गरियो।
राज्यपालले ग्रामीणहरूबिच पर्व मनाउॅंदै प्रशन्नता व्यक्त गरे। उनले सबैलाई मकर संक्रान्तिको बधाई दिॅंदै भने, हामी यो पर्व देशभरि विभिन्न नामले मनाउॅंछौ। उनले भारतलाई पर्वहरूको देश बताउॅंदै सबै पर्व नयॉं उत्साह, नयॉं उमंग र सुख समृद्धि र शान्तिको प्रतीक बताए। उनले ग्रामीणहरूद्वारा सामूहिक रूपमा मनाइएको आयोजनको सराहना गर्दै भने, सबै पर्वहरूले हामीलाई सामाजिक र सांस्कृतिक अवसर प्रदान गर्दछ, जसले एक अर्कालाई जोड्ने काम गर्दछ। जसरी आज हामी यहॉं यो पर्व एकसाथ मिलेर मनाइरहेका छौ।
यस क्रममा राज्यपालले गुरु देवर्षि वशिष्ठ उद्यानमा गएर पूजा अर्चना गरेर सिक्किमवासीहरूको निम्ति प्रार्थना गरे। कार्यक्रममा विधायक सोनाम भेन्चुङपा, कौशल विकास विभागका निदेशक, पञ्चायतगण आदि पनि उपस्थित थिए।