नाम्ची जिल्लाका विभिन्न गाउॅंहरूमा विकसित भारत यात्रा जारी

n57452205617053372571031760ad4c4d01e9f2aa9dd8573908e0eec312c90b43d988f5ef97677c2b11eb7a.jpg

नाम्ची: नाम्ची जिल्लामा गत ११ जनवरीदेखि विकसित भारत यात्रा शुरू भएकाे थियाे भने उक्त यात्रा अहिले पनि जारी रहेकाे छ। यस यात्राकाे आयाेजन केन्द्र सरकारकाे पहलमा नाम्ची जिल्ला प्रशासनले गरेकाे हाे भनी भाजपा राज्य सचिव भूपेन्द्र गिरीले बताएका छन्।

उनले जानकारी गराएअनुसार, यस यात्राको उद्देश्य केन्द्र सरकारद्वारा लागू गरिएका अटल पेन्सन, जनधन, प्रधान मन्त्री काैशल विकास, जल जीवन, उज्जवला आदि याेजनाहरूको बारेमा मानिसहरूलाई बुझाउनु रहेकाे बताइएकाे छ। मिक्खाेला, किताम हुँदै शुरू भएको यो यात्रा आज लुङचाेक-कमरे, सुम्बुक-कार्तिके र राेङबुल जीपीयूसम्म पुगेकाे छ।

यस विकसित भारत यात्राकाे समापन आगामी २४ जनवरीमा हुनेछ। यस यात्रामा भाजपा कार्यकर्ता, विभिन्न ब्याङ्कका कर्मचारी, स्वास्थ्य विभागका कर्मचारी, ग्रामिण विकास विभागका कर्मचारी आदिले सहभागिता जनाएकाे बताइएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement