भारतमा देखियो पहिलो पटक देखियो ब्राउन भालु

tibetian_brown_bear_in_india_1705295645022_1705295648104.jpeg

गान्तोक: अहिलेसम्म कालो रङको र शरीरमा लामो कपाल भएको भालु देख्दै आएका छौं। तर, भारतमा पहिलो पटक तिब्बती ब्राउन अर्थात खैरो देखिएको छ। सिक्किम वन विभाग र डबल्युडबल्युएफ-इण्डियाको क्यामेराले सिक्किमको पहाडी क्षेत्रमा यस दुर्लभ प्रजातिको भालुको तस्वीर कैद गरेको छ। भारतीय वन सेवा अधिकारी परवीन कासवान (आईएफएस) ले यो तस्वीरलाई धेरै दुर्लभ भन्दै साझा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्वीर सेयर गर्दै आईएफएस अधिकारीले लेखे, ‘तपाईंले दुर्लभ तिब्बती ब्राउन भालुको पहिलो तस्वीर देख्दै हुनुहुन्छ। योसँगै भारतीय वन्यजन्तुमा अर्को उपप्रजाति थपिएको छl’ सिक्किम वन विभाग र डबल्युडब्ल्युएफको संयुक्त प्रयासबाट सिक्किमको उच्च क्षेत्रमा यो जनावर रेकर्ड गरिएको थियो। यसको अर्थ भारतको धेरै ठाउँमा खोज्न बाँकी छ।

अधिकारीहरूका अनुसार, यी क्यामेराहरू मङ्गन जिल्लाको उच्च उचाइ क्षेत्र पुचुङ ल्चेन्पामा जडान गरिएको थियो, र दिसम्बर २०२३ मा राति भालुको तस्वीर रेकर्ड गरिएको थियो। यो भालु यसको रूप, वासस्थान र व्यवहारको हिसाबले सामान्यतया हिमालयमा पाइने कालो भालु भन्दा धेरै फरक छ। सर्वभक्षी, उच्च उचाइको अल्पाइन वन, घाँसे मैदान र ४००० मिटरभन्दा माथिको मैदानमा बस्छ र बिरुवा खाएर बाँच्दछl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *