पटना: बिहारका आठ जिल्लामा सोमबार साँझदेखि मङ्गलबारसम्म चट्याङका घटनामा परी २० जनाको मृत्यु भएको छ। कैमुरमा ७, भोजपुर र पटनामा ४–४, जेहानाबाद, रोहतास, औरंगाबाद, अरवाल र सिवानमा एक–एकजनाको मृत्यु भएको छ। मुख्यमन्त्री नितिश कुमारले राज्यमा चट्याङका कारण ज्यान गुमाएका पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले यस दुःखद् घडीमा पीडित परिवारको साथमा रहेको बताए। उनले सबै मृतकका आफन्तलाई चार चार लाख रुपियाँ तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। मुख्यमन्त्रीले खराब मौसममा सबैले उच्च सतर्कता अपनाउन र खराब मौसममा घरभित्रै बस्न आग्रह गरेका छन्।