रुसमा भेटियो सबैभन्दा ठूलो सुनखानी

istockphoto-889286538-612x612.jpg

मॉस्को: रूसले सुदूर पूर्वमा सबैभन्दा ठूलो घोषणा गरेको छ। यो सूनखानी पूर्वी संघीय क्षेत्रको चुकोटकामा अवस्थित छ। रूसको अनुमान अनुसार यस खानीमा एक सय टनभन्दा बढी सून रहेको छ। सन् १९९१ सोवियत संघको पतन पछि यो रूसमा सूनखानीको सबैभन्दा ठूलो खोज हो। यसलाई रुसी राष्ट्रपति व्लादिमीर पुतिनका लागि सबैभन्दा ठूलो राहतको समाचार मानिएको छl रूस पछिल्लो दुई वर्षदेखि पश्चिमी देशहरूको कयौं प्रतिबन्दहरूको सामना गरिरहेका छन्l जसमा ती देशहरूमा रहेको रूसी सम्पत्तिहरू जफ्त गरिएकोसम्म सामेल रहेको छ। यस्तो स्थितिमा रूस यस सूनखानीको खोज धेरै महत्वपूर्ण मानिएको छ।
यो खोज रुसी सरकारी कम्पनी रोसाटोमको खानी विभागले घोषणा गरेको हो। सोभिनोय खानीमा वर्षभरि नै ड्रिलिङको काम भएको उनले एक विज्ञप्तिमा बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “विगत तीन वर्षमा ३२ किलोमिटरभन्दा बढी लम्बाइका १२३ वटा खनाइ कार्य गरिएका छन्। सम्भाव्यता, स्थलाकृतिक-भूवैज्ञानिक, भूवैज्ञानिक-भूरासायनिक र भूभौतिकीय कार्यहरू सम्पन्न भएका छन्।” सोभिनोय खानीबाट सन् २०२९ मा तीन टन सुनबाट वार्षिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ।
यस क्षेत्रमा उच्च श्रेणीको सुन पत्ता लगाउनको लागि १९७० को दशकमा व्यापक भूवैज्ञानिक अन्वेषण गरिएको थियो। यसै क्रममा यो क्षेत्र सुनले भरिएको जानकारी आएको थिय। रुसी सञ्चारमाध्यमले यसअघि मस्कोस्थित सेन्ट्रल रिसर्च एक्सप्लोरेसन इन्स्टिच्युट अफ नन-फेरस एन्ड प्रिसियस मेटलको प्रतिवेदनलाई उद्धृत गर्दै रुसमा सन् २०३० मा सुनको उत्पादन चरम सीमामा पुग्न सक्ने बताएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *