नयाँ दिल्लीः ब्रिटेनको एथिकल ब्यूटी ब्रान्ड द बडी शप इण्डियाले पर्यावरण अनुकूल उत्पादको दिशामा ठूलो कदम उठाएको छ। यस प्रयास अन्तर्गत देशमा प्लास्टिक फोहोर संकलनको काम युद्धस्तरमा चलिरहेछ। बडी शप ब्रान्डका उत्पादहरूले वीगन सर्टिफिकेट पाउनु ठूलो उपलब्धी हो। यो जानकारी द बडी शप एशिया साउथका मार्केटिङ, डिजिटल र प्रोडक्टका उपाध्यक्ष सुश्री हरमीत सिंहले दिइन्। उनले यो घोषणा राष्ट्रिय राजधानीमा आयोजित यूथ कलेक्टिव काउन्सिलमा गरिन्।
उनले भऩिन्, यस कामले युवाहरूलाई सशक्त गर्नमा मद्दत मिल्नेछ। राष्ट्रिय युवा दिवसमा सबैले भारतीय संस्कारहरूको प्रचार-प्रसार गर्नुपर्छ। भारतको उदियमान युवा चेञ्जमेकर्सलाई अधिक पर्यावरण अनुकूल हुनपर्नेछ। द बडी शपले गत एक वर्षमा आफ्नो लक्ष्यतिर महत्वपूर्ण कदम उठाएको छ। यस अभियानमा १० मिलियनभन्दा धेरै नयाँ युवा भोटर्सलाई जोड़ियो। १.३ मिलियन हस्ताक्षर जुटाइयो। यूथ कलेक्टिव काउन्सिलका सदस्यहरूको साथ गोलमेज चर्चापछि २०२४ को निम्ति ब्रान्ड स्ट्रेटजीमा क्रियान्वयन शुरू गरिएको छ।
उनले भनिन्, अब सबै स्टोरहरूमा चरणबद्ध तरीकाले ब्रेल भाषाको पेशकश गरी दृष्टिबाधित समुदायलाई पनि उत्तम सुविधा दिइनेछ। प्लास्टिकको फोहोर कम गर्ने र सम्पूर्ण संवहनीयता हासिल गर्ने बडी शपको प्रयास छ। ब्रान्डका सबै उत्पादहरूलाई द वीगन सोसाइटीबाट सय प्रतिशत वीगन प्रोडक्ट फार्मूलेशन सर्टिफिकेट हासिल हुनु ठूलो उपलब्धी हो।
-हिस