कोलकाताः ईडीको हिरासतमा रहेका राज्यका वन मन्त्री ज्योतिप्रिय मल्लिकको ठाउॅंमा लोकसभा चुनाउमा जिम्मेवारी सम्हालनको निम्ति तृणमूलले एउटा समिति गठन गरेको छ। बारासात लोकसभा अन्तर्गत ज्योतिप्रियको हाबरा विधानसभा क्षेत्रको निम्ति सात नेताहरूको एउटा समिति बनाइएको छ। यो समितिमा कुनै पनि राज्य र जिल्ला स्तरका नेतालाई राखिएको छैन। यसको जिम्मेवारी हाबराका स्थानीय नेताहरूलाई दिइएको छ।
हाबरा नगरपालिकाका अध्यक्ष नारायण साहा, हाबरा १ पञ्चायत समितिका अध्यक्ष नेहाल अली, जिल्ला परिषदका अध्यक्ष ज्योति चक्रवर्ती, नगर परिषदका पूर्व अध्यक्ष निलिमेश दास, तृणमूल नेता तापती दत्ता, हाबरा शहरका तृणमूल अध्यक्ष सितांशु दास र स्थानीय तृणमूल नेता अजीत साहा समितिमा छन्। ज्योतिप्रियको अनुपस्थितिमा यो समितिले हाबरा विधानसभा क्षेत्रको विकास र पार्टीको संगठन सम्बन्धित निर्णय लिनेछ।
बारासात सांगठनिक जिल्ला तृणमूलका एक नेताले भने, कुनै पनि नेताले त्यो जिम्मेवारी त्यसरी निर्वाह गर्न सक्दैन जसरी ज्योतिप्रियले गर्न सक्छन्। यस अतिरिक्त, एक व्यक्तिलाई जिम्मेवारी दिॅंदा गुटबाजी बढ्ने समस्या हुन्छ। यस कारण त्यस क्षेत्रका सात भिन्न भिन्नै नेताहरूको एउटा कमिटी बनाइएको हो। २०१९ मा भाजपाले यहॉं राम्रो प्रदर्शन गरेको थियो र यहॉं अझ राम्रो प्रदर्शनको लक्ष्य लिएर काम गरिरहेको छ। यस कारण जेलमा बन्द ज्योतिप्रियको ठाउॅंमा तत्काल जिम्मेवारी दिने तृणमूल कांग्रेसको निर्णयलाई महत्वपूर्ण मानिन्दैछ।
-हिस