इस्लामी पर्वहरूमा ममता सरकारले छुट्टी दिँदा शुभेन्दु रूष्ट

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगालमा इस्लामी पर्वहरूमा छुट्टीको घोषणा गर्ने ममता ब्यानर्जी सरकारमाथि नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले एक पल्ट फेरि तीखो हमला गरेका छन्। राज्य सरकारको छुट्टीको क्यालेन्डरलाई माइक्रो ब्लगिङ साइट एक्समा सोमवार साझा गर्दै शुभेन्दु अधिकारीले लेखे, ममता ब्यानर्जी तुष्टीकरणको राजनीतिकी रानी हुन्। पश्चिम बंगाल सरकारी क्यालेन्डरमा छुट्टीको सूची हेर्नुहोस्। सोमवार १५ जनवरी २०२४- मकर संक्रान्ति। अवकाश छैन। बुधवार, १७ अप्रेल, २०२४ – श्रीरामनवमी अवकाश छैन। शब-ए-बारात- आइतवार २५ फरवरी, २०२४ छुट्टी। भोलीपल्ट सोमवार २६ फरवरी, २०२४ मा पनि छुट्टी छ।

उनले थप लेखे, यहाँसम्म कि इस्लामिक रिपब्लिक अफ पाकिस्तानमा पनि शब-ए-बारातमा कुनै सार्वजनिक अवकाश छैन। चाँड़हरूलाई वैकल्पिक छुट्टीहरूको सूचीमा वर्गीकृत गरिएको छ। सोमवार (२६ फरवरी) मा अतिरिक्त छुट्टी दिनुको अर्थ के हो जबकि यस पाली शब-ए-बारात आइतवार परेको छ। पश्चिम बंगालमा मकर संक्रान्ति र श्रीरामनवमीको निम्ति कुनै सार्वजनिक अवकाश छैन तर शब-ए-बारातको भोली पल्ट सोमवारसम्म अतिरिक्त छुट्टी दिइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement