भागलपुरः आईएनडीआईए गठबन्धऩमा मुख्यमन्त्री नीतीश कुमारलाई कन्वेनर बनाइने चर्चालाई लिएर जदयू विधायक गोपाल मण्डलले मुख्यमन्त्री नीतीश कुमारलाई केवल कन्वेनर बनाउँदा काम नचल्ने भनेका छन्। आईएनडीआईए गठबन्धनद्वारा उनलाई प्रधानमन्त्री उम्मेदवार घोषित गरिनुपर्छ।
उनले भने, पीएम उम्मेदवार बनाइएपछि मात्र गठबन्धऩले भाजपाको सामना गर्न सक्नेछ। अन्यथा गठबन्धऩ सफल हुनेछैन। मुख्यमन्त्री नीतीश कुमारलाई देशमा सबैले चिन्छ। उनी सामू गठबन्धनमा कुनै नेता छैन जो प्रधानमन्त्री उम्मेदवार बन्न सकोस्। अति पछौटे जागिसकेको छ र सबैले मिलेर मुख्यमन्त्री नीतीशलाई प्रधानमन्त्री बनाउनेछन्।
विधायक मण्डलले प्रधानमन्त्रीको निम्ति आपत्तिजनक शब्दहरूको प्रयोग गर्दै भने, यदि एक पल्ट फेरि भाजपा सरकारमा आए देश बर्बाद हुनेछ। प्रधानमन्त्रीबारे उनले भऩे, उनी राक्षस हुन्, सबैलाई निल्नेछऩ्।
-हिस









