कोलकाताः गङ्गा सागरमा मकर सङ्क्रान्तिको पावन अवसरमा पुण्य स्नानको शुभ बिहान जनसमुद्र उर्लियो। मेला क्षेत्र तिर्थ यात्रीहरूको खचाखच भीड़ले भरिएको छ। यो त्यो स्नान हो जहाँ त्रेता युगमा स्वर्गबाट झरेकी माँ गङ्गाले राजा सगरका साठी हजार पुत्रहरूलाई मकर सङ्क्रान्तिमा स्पर्श गरी मोक्ष प्रदान गरेकी थिइन्।
मकर सङ्क्रान्तिमा पुण्य स्नानको शुभ मुहूर्त सोमवार बिहान ७:१९– बजेदेखि शुरू भएको छ जुन अपरान्ह १२.३० बजेसम्म यथावत रहनेछ। पुण्य स्नानको मोठ अवधि ५.३० घण्टा रहेको छ भने महापुण्य स्नानको मोठ अवधि १.४३ घण्टा रहेको बताइएको छ। तर बिहान ६ बजेदेखि नै श्रद्धालुहरूले गङ्गा अनि सागरको सङ्गममा डुबुल्की मार्न शुरू गरेका थिए। कपिल मुनि आश्रमका महन्त ज्ञान दासले बताए, गए आइतवारदेखि नै मकर सङ्क्रान्ति शुरू भएको थियो। सोमवार बिहान ६ बजेदेखि देश-दुनियाँबाट यहाँ आएका लाखौं मानिसहरू लगायत नागा, नाथ एवं अन्य सम्प्रदायका साधुहरूले मोक्षको आशमा डुबुल्की लगाए।
गङ्गा सागर मेला क्षेत्रमा सुरक्षाको कड़ा प्रबन्ध गरिएको छ। पुलिस, सिभिल डिफेन्स, होमगार्ड सहित नेभी र कोस्ट कार्डका दश हजारभन्दा अधिक जवानहरूले कुना-काप्चामा नजर राखिरहेका छन्। जिल्ला प्रशासन अनुसार यस वर्ष ३५ लाखभन्दा अधिक श्रद्धालुहरू सागर तटमा पुण्य स्नान गर्न आएका छन्। पछिल्लो वर्ष ३० लाखभन्दा अधिक मानिसहरूले स्नान गरेका थिए।
-हिस