मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता होस्: विहिप

nat

योध्याः विश्व हिन्दू परिषद (विहिप)- का राष्ट्रिय महामन्त्री मिलिन्द पराँडेले भनेका छन्, हिन्दू मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता हुनुपर्छ। साथै सबै मन्दिरहरूलाई सरकारी नियन्त्रणदेखि मुक्त राखिनुपर्छ। यसको लागि विहिपले देशव्यापी अभियान शुरू गर्नेछ। उनले “हिन्दुस्थान समाचार”-सितको चर्चामा उपरोल्लेखित मन्तव्य व्यक्त गरे। उनले भने, विहिपको स्थापनाको ६० वर्ष पूरा भइरहेको छ। यसैले श्रीराम मन्दिरको प्राण प्रतिष्ठापछि सङ्गठन विस्तारसँगसँगै सामाजिक समरसता अनि सेवा कर्यहरूमाथि विहिपले फोकस गर्नेछ। हाम्रो आफ्नो कामलाई आगामी जन्माष्टमिसम्ममा एक लाख स्थानहरूमा पुऱ्याउने हाम्रो प्रयास रहनेछ। बजरङ्ग दलको शौर्य जागरण यात्रा र राम मन्दिरको प्राण प्रतिष्ठाको निमित्त भइरहेका जनजागरण एवं सम्पर्कले सङ्गठन विस्तार गर्नमा सहयोग गर्नेछ।

मिलिन्द पराँडेले भने, सङ्गठनात्मक दृष्टिले ११०० जिल्ला बनाइएको छ। अहिले हाम्रो सेवा क र्य ४०० जिल्लाहरूसम्म पुगिसकेको छ। चाँड़ै नै यसलाई ८०० जिल्लाहरूमा पुऱ्याइनेछ। आगामी वर्षहरूमा मन्दिरहरूलाई सरकारी नियन्त्रणदेखि मुक्ति दिलाउने प्रयास गर्नेछौं, किनभने यो हिन्दूहरूप्रति पक्षपातपूर्ण व्यवहार हो। कुने पनि मस्जिद र चर्च सरकारी नियन्त्रणमा छैन। हिन्दू मन्दिरहरूको सञ्चालन हिन्दू समाजले नै गर्नुपर्छ। यसमा हरेक जाति-वर्गको सहभागिता अनि हिन्दूको धन हिन्दूकै प्रयोगमा आओस्।

विहिप महामन्त्रीले भने, धर्मान्तरण गराउने ठूलो षड़यन्त्र भइरहेको छ। केही राज्यहरूमा मात्र धर्मान्तरण विरोधी कानून छ। यो देशका सबै राज्यहरूमा हुनुपर्छ। उनले भने, राम मन्दिर त निर्माण भइरहेकै छ, तर हाम्रो हृदयमा पनि रामजीको प्राकट्य हुनुपर्छ। त्यो रामराज्यको दिशामा जानुपर्छ। रामराज्य सर्वकल्याणकारी छ। भगवान राम जीवनपर्यन्त अन्यायको विरोधमा लड़िरहे। उनले लोक जागरण गरे। हरेकले अन्यायविरूद्ध उठ्ने हिम्मत राख्नुपर्छ। विहिप नेता पराँडेले भने, भगवान रामको जीवनमा सामाजिक समरसता छ। उनी जनजातीय क्षेत्र अनि वनवासी समाजमाझ गए। हरेक जाति-वर्गका मानिसहरूसित हृदय गाँसे। यही नै हिन्दू दृष्टि हो। कर्तव्यलाई उनले प्राथमिकता दिए। रामजीको कर्तव्य कठोर जीवन रह्यो। उनको जीवनमा चमत्कार छैन। एकजना मनुष्यले कसरी जीवन जिउनुपर्छ त्यो आदर्श उनले प्रस्तुत गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement