राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि मेघालय र असमको तीन दिने भ्रमणमा जाने

NPIC-20241158112


राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि मेघालय र असमको तीन दिने भ्रमणमा जाने भएकी छन् । उनले आज तुराको पीए संगमा रंगशालामा मेघालय खेलकुदको उद्घाटन गर्नेछिन्। भोलि तिनले बालजाक एयरपोर्टमा स्व-सहायता समूहका सदस्यहरूलाई सम्बोधन गर्नेछिन् र भर्चुअल माध्यमबाट नयाँ एकीकृत प्रशासनिक कम्प्लेक्सको शिलान्यास गर्नेछिन्। भोलि नै राष्ट्रपति मुर्मुले मौफ्लाङमा जनसभालाई सम्बोधन गर्नुका साथै भर्चुअल माध्यमबाट उन्नत सडक परियोजनाको पनि उद्घाटन गर्नेछन्।

राष्ट्रपतिले शिलोङ पीक रोपवे र कोङथोङ, माउलिंगोट र कुन्दनग्रिम गाउँमा पर्यटकीय घरको शिलान्यास गर्ने कार्यक्रम छ। साँझ राष्ट्रपति मुर्मुले मेघालय सरकारद्वारा शिलङमा आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्। भ्रमणको तेस्रो दिन राष्ट्रपतिले असमको तरलाङ्सो, दिफुमा आयोजना हुने कार्बी युवा महोत्सवको स्वर्ण जयन्ती समारोहमा सहभागी हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement