कोचबिहार: बारम्बार अनुरोध गर्दा पनि हाम्रा मागहरू पूरा भएका छैनन्। यो आरोप लगाउँदै कोचबिहार विडी मजदुरहरूले आज कोचबिहारको डीएम कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाए। यस सम्बन्धमा ज्ञापनपत्र बुझाउने एक व्यक्तिले विडी मजदुरले आफ्नो कामको अपेक्षित पारिश्रमिक नपाएको बताए। बिडी मजदुरले दिनहुँ विभिन्न समस्याको सामना गर्नुपरेको छ। हामीले यसअघि पनि हाम्रा विभिन्न मागका सम्बन्धमा ज्ञापनपत्र बुझाएका थियौं तर डीएम साहेबले कुनै कारबाही गरेनन्। यसरी नै वञ्चित रह्यो भने ठुलो आन्दोलन गर्ने हो।