राई समुदायको उधौली साकेला महोत्सवको आयोजना

5a296d39-a4f8-4100-b8a3-f4397d50b5b5

अलिपुरद्वारः अलिपुरद्वार जिल्लाको खोलबस्तीमा डुवर्स किरात राई समाजले उधौली साकेला महोत्सवको आयोजना गरेको थियो। राई समुदायको महान पर्व उधौली साकेला महोत्सव यस वर्षको खोखावस्तीमा आयोजना गरिएको छ । उक्त कार्यक्रममा उत्तर बङ्गालका विभिन्न भागबाट आएका राई जातिका मानिसहरूको उपस्थिति रहेको थियो । भारतका विभिन्न भागबाट राई समुदायका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो ।


आयोजित कार्यक्रममा आयोजकले राई समुदायको संस्कृति झल्काउने गरेका थिए। प्रकृति पूजाको पनि आयोजना गरिएको छ । राई समुदायको महान पर्व उधौली साकेला पर्व नयाँ वर्षको आगमनको रुपमा मनाइन्छ । यस दिन राई समुदायको साँस्कृतिक नृत्य तथा संगीतको प्रदर्शनी गरिएको थियो ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *