वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

f15d55db-6669-449d-916d-9b93c2b1497c-1024x576.jpg

राजगञ्ज: साहुडाङ्गी हाट पी के राय उच्च विद्यालयमा ४०औँ वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गरियो। राजगञ्जका विधायक खगेश्वर रायले आज राष्ट्रिय ध्वज फहराएर, मार्शल जलाएर, बेलुन तथा परेवा उडाएर उक्त प्रतियोगिताको उद्घाटन गरे। उक्त प्रतियोगितामा मोठ १४५ जना विद्यार्थीहरूले ३० वटा कार्यक्रममा अंश ग्रहण गरेका थिए। यसको साथै वार्षिक खेलकूद प्रतियोगिताको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो। यस कार्यक्रममा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, प्राथमिक शिक्षा परिषदका चेयरम्यान लक्ष्यमोहन राय, बिन्नागढी ग्राम पञ्चायत प्रधान समीजुउद्दीन अहमद लगायत स्कुलका शिक्षक पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *