विभिन्न क्षेत्रमा योगदान दिने तीनजनालाई स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार प्रदान
खरसाङ: ईभान फाउन्डेसनले आफ्नो चौथो स्थापना दिवस खरसाङको पार्क लोकेसनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। संस्थापक प्रशान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामा, नगरपालिका उपाध्यक्ष सुवास प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा संस्थाकी उपाध्यक्ष एथिना शर्माले स्वागत भाषण राखिन् भने सचिव निकेतन निरौलाले संस्थाको सालभरिको रिपोर्ट विषयमा जानकारी दिइन्।

संस्थाका अध्यक्ष प्रशान्त शर्माले संस्थाको उद्देश्य र स्थापना विषय जानकारी दिएका थिए। संस्थाले गत वर्षदेखि दिने गरेको स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार यस वर्ष पनि विभिन्न क्षेत्रमा योगदान दिने तीनजनालाई पुरस्कृत गरिएको छ। यस क्रममा सिलगढीको मिलन मोडका ई- रिक्शा चालक शिव कटुवाललाई पुरस्कार प्रदान गरियो जसले धेरै गरीब नानीहरूलाई रिक्शा चलाएर ‘खुशी शिक्षा केन्द्र’ को स्थापना गरेर धेरै नानीहरूलाई पढाईरहेका छन्। त्यसरी नै मर्निङ स्टारकी संस्थापक तथा भूतपूर्व निर्देशिका शिशिलिया जर्जलाई पनि पुरस्कार प्रदान गरियो जसले खरसाङमा धेरै मानिसहरूलाई आत्मनिर्भर हुन तथा धेरै नानीहरूलाई हेरचाह गर्छन् र रेभरेन्ट फादर अब्राहामको कार्यमा सहभागी भएकी थिइन्। यसै क्रममा ताम्रपत्रले सम्मानित स्वतन्त्रता सेनानी सरयूप्रसाद पोद्धार र पुतलीदेवी पोद्धारका सुपुत्र स्वर्गीय सुरेन्द्र पोद्धारलाई पनि मरोणापान्त पुरस्कार प्रदान गरियो जसले समाज, शिक्षा, कला र समाजसेवामा अहम भूमिका निभाएका थिए।

कार्यक्रममा मुख्य अतिथि सभासद श्याम शेर्पाले ईभान फाउन्डेसनको सोच र कार्यहरू विषय प्रसंसा गर्दै फाउन्डेसनका नानीहरूले जुन प्रकारले स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार प्रदान गर्दै आईरहेका छन् यसले समाज र देशलाई हाम्रो स्वतन्त्रता संग्राममा हाम्रो भूमिका विषयमा बताउने छ भनी बताए। उनले वास्तवमा यी नानीहरू समाजमा उदाहरण बनेका छन् भनी बताए। कार्यक्रममा नगरपालिका उपाध्यक्ष सुवास प्रधानले ईभान फाउन्डेसनका नानीहरूलाई आफ्नो कार्यलाई निरन्तरता दिने र राम्रो काममा विभाग मात्र हैन भगवानले पनि साथ दिनेछ भनी आफ्नो कुरा राखेका थिए।