२६ जनवरीदेखी जामुने ग्रामीण महोत्सवको आयोजना गरिने

Screenshot_20240115_160727_WhatsApp.jpg

दार्जिलिङ: धेरै समयको अन्तराल पश्चात जामुने परिसरमा जामुने महोत्सव जिटीए मार्फत गरिने तय गरिएको छ। जिटिए प्रमुख अनित थापाज्यूको निर्देशनमा बिजनबारी खण्ड स्तरीय नौ वटा समष्टिको पहलमा जामुने परिसरमा २६ जनवरी देखी तीन दिने जामुने ग्रामीण महोत्सव गरिने भएको छ। जसमा क्षेत्रीय बासीहरूको हितको निम्ति विभिन्न योजनाहरु रहेको जानकारी महोत्सव सञ्चालन समितिले दिएका छन्। उक्त महोत्सव सञ्चालन समितिको गठन गरिएको छ। जसमा राजेन तामाङ महकुमा समिति युवा शक्ति अध्यक्षलाई, अध्यक्ष चयन गरिएको छ भने उपाध्यक्षमा उपेन्द्र छेत्री सभासद् पुल बिजनबारी गोक समष्टि, मूल सचिव अमृत योन्जन सदर एक समष्टि, प्रभारी सहसचिवमा सहसचिव सन्दिप क्षेत्री चुङचुङ मेरीबुङ तामसाङ समष्टि, कोषाध्यक्ष प्रनिल सुब्बा दार्जिलिङमा समिति युवा शक्ति सचिव, संरक्षकमा आलोक कान्त मनि थुलुङ दार्जिलिङ महकुमा समिति अध्यक्ष, सतिश पोख्रेल कार्यकारी सभासद, योगेन्द्र प्रधान कार्यकारी सभासद, नर्देन् शेर्पा कार्यकारी सभासद, सल्लाहकारहरूमा एस° पि° शर्मा, यन्जित चाम्लिङ, निर्मल क्षेत्रीलाई सर्वसम्मतिद्वारा चयन गरियो भने बिजनबारी बिजनबारी खण्ड स्तरीय पर्ने नौ वटै समष्टिका सभापति सचिवलाई अनिवार्य रूपमा महोत्सव सञ्चालन समितिका सदस्यहरू बनाइएको प्रस्ताव सभामा पारित गरेको जानकारी महोत्सवका मूल सचिव अमृत योन्जनले जानकारी दिएका छन्। आजको सभा दार्जिलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्त मनी थुलुङको अध्यक्षतामा गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement