एएफसी एशियन कपः जीतको लयमा फर्किने भारतको लक्ष्य

IMG-20240115-WA0137.jpg

नयाँ दिल्ली, १५ जनवरीः भारतीय फूटबल टीमको कप्तान सुनि छेत्रीले एएफसी एशियन कपको पहिलो म्याचमा शक्तिशाली अष्ट्रेलिया विरुद्ध ०-२-को हारपछि साथी खेलाड़ीहरूलाई उज्बेकिस्तान विरुद्ध म्याचमा ध्यान केन्द्रित गर्ने आग्रह गरेका छन्। ब्लू टाइगर्स-ले पहिलो म्याचमा एशियाको शीर्ष ऱ्यांकिंग भएको टीमलाई मध्यान्तरसम्म गोल गर्न दिएको थिएन। विश्व कप २०२२-को प्री-क्वार्टर फाइनलमा पुग्ने अष्ट्रेलियाई टीमले दोस्रो हाफमा चाहिँ ज्याक्सन इर्विन (५०औं मिनट) र जोर्डन बोस (७३औं मिनट)-को गोलको सहायताले म्याच जितेको थियो। भारतले अब १८ जनवरीमा उज्बेकिस्तानको चुनौती स्वीकार्नेछ। टीम त्यस म्याचमा हारको सम्मुखीन हुनदेखि बाँच्नु पर्नेछ। जीत हासिल गर्न नसके पनि भारतले म्याच कम्तीमा ड्र गर्नु पर्नेछ। त्यस म्याचमा हारको सम्मुखीन भए भारतको अघिल्लो चरणमा जाने सम्भावना लगभग समाप्त हुनेछ।
कप्तान सुनिल छेत्रीले भने, यस प्रकारका म्याचहरूको आफ्नै फाइदा अनि नोक्सान छ। एशियाको सर्वश्रेष्ठ टीम विरुद्ध खेल्नु सजिलो हुँदैन। हामीसँग यस्ता टीमहरूसँग खेल्ने अधिक अनुभव छैन कारण हामीले उनीहरूसँग खेल्ने निरन्तर मौका पाउँदैनौं। यस्ता म्याचहरूमा तपाईं अधिक आशा लिएर मैदानमा ओर्लिनु हुन्न। साल २००५-मा अन्तर्राष्ट्रिय करियरको शुरुवात गर्ने भारतीय कप्तान आफ्नो ९३ गोलको संख्यामा बढ़ोत्तरी गर्न असफल रहे तर अहिले उनी आफ्नो सम्पूर्ण ध्यान उज्बेकिस्तान विरुद्ध म्याचमा लगाउन चाहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement