हाम्राे पार्टीद्वरा शहीद दिवस पालन

मिरिक: हाम्राे पार्टी मिरिक महकुमा समितिले बुधबार मिरिक कृष्णनगरमा रहेकाे शहीद वेदीमा शहीद दिवस पालन गर्दै अलग राज्य गाेर्खाल्याण्ड गठनकाे मागमा दार्जिलिङ पहाड, तराई अनि डुवर्समा भएकाे आन्दाेलनमा शहीद हुनेहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्याे। यस अवसरमा हाम्राे पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामा, पार्टी नेतृत्वहरू विक्रान्त राई, लाडुव घिसिङ, कुशल खनाल, आशिष् तामाङ, दावा तामाङ आदि उपस्थित थिए।

शहीदवेदीमा पुष्प अर्पण गरेर दीयाे बालेपछि शुरू भएकाे शहीद दिवस कार्यक्रममा शहीदहरूकाे आत्मा शान्तिकाे कामना गर्दै दुई मिनट माैन पालन गरियाे। यस अवसरमा हाम्राे पार्टीका कार्यकर्ताहरूले शहीद वेदी अनि मिरिक झील परिसरमा तीन सय विभिन्न जातिका रूखकाे विरूवाहरू पनि राेप्याे। यस अवसरमा बाेल्दै हाम्राे पार्टी मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामाले हाम्राे पार्टीले आज ४५ वटा समष्टिमा नै शहीद दिवस पालन गरेकाे जानकारी गराँउदै यही क्रममा मिरिकमा पनि शहीद दिवस पालन गरेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेकाे बताए। तिनले शहीदकाे सपना आज पनि सपना नै रहेकाे बताँउदै शहीदकाे सपना साकार बनाँउन हामी सक्रिय कार्य गर्नेछाै भने।

यता हाम्राे पार्टीका नेता लाडुप घिसिङले १९८६ काे आन्दाेलनमा १२ सय सहिद भए भने त्यसपछिकाे आन्दाेलनमा पनि गाेर्खाल्याण्डकाेलागि धेरै शहीद भए तर शहीदकाे सपना आजसम्म पूरा हुन सकेकाे छैन भने। तिनले विगतका नेताहरूले कुर्सीकाे लाेभमा फर्जी आन्दाेलन गरेर शहीद बनाँउने कार्य गरेपनि हामी खाटी गाेर्खाल्याण्डप्रेमी भएर अघि आएका छाै अनि हामी आवश्य शहीदकाे सपना सकार बनाँउनेछाै भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement