पदार्पणपछि हरेक क्षणको आनन्द लिएँः रोहित

IMG-20240115-WA0169.jpg

इन्दौर, १५ जनवरीः होल्कर क्रिकेट स्टेडियममा खेलिएको दोस्रो टी२० अन्तर्राष्ट्रिय म्याचमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्नको साथै भारतीय कप्तान रोहित शर्माले महेन्द्र सिंह धोनीको रेकर्डको बराबरी गरे। पहिला मोहाली अनि आइतवार इन्दौरमा ब्याटको साथ निराशाजनक प्रदर्शन गरे पनि कप्तान रोहित आफ्नो टीमलाई जीत दिलाउन सफल भए। म्याच जितेपछि उनले भने, म्याच जितेर अवश्यै खुशी छु। साल २००७-देखि शुरु भएको यस यात्रामा मैले हरेक क्षणको आनन्द लिएको छु। खेलाड़ीहरूले आफ्नो प्रदर्शनद्वारा हामीलाई गौरवान्वित गरे। सीरीजको दुवै म्याचमा हामीले खेलको हरेक क्षेत्रमा मेहनत गऱ्यौं। यशस्वीले टी२० मात्र नभएर टेस्ट क्रिकेटमा पनि आफ्नो क्षमता साबित गरेका छन्। उनी प्रतिभाशाली खेलाड़ी हुन् अनि उनको शट् सेलेक्शन राम्रो छ। दुबेले पनि प्रभावित गरे। उनले विशेषगरी स्पिनरहरूलाई असल तरिकाले सामना गरे। उल्लेखनीय छ, रोहितले इन्दौरमा खेलिएको टी२० म्याचको साथ एकाधिक रेकर्ड पनि बनाए। उनी कप्तानको रूपमा सर्वाधिक ४१ वटा म्याच जित्ने महेन्द्र सिंह धोनीको रेकर्डको बराबरीमा पुगेका छन्। सीरीजको तेस्रो म्याचमा जीत हासिल गरे उनले धोनीलाई पछि छोड़्नेछन्। यसबाहेक रोहित १५० वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेल्ने पहिलो खेलाड़ी बनेका छन्। यसरी नै टी२० अन्तर्राष्ट्रियमा १२ पल्ट शून्यमा आउट हुने नचाहिँदो रेकर्ड पनि उनको नाममा जोड़िन पुगेको छ। यसरी अफगानिस्तानका कप्तान इब्राहिम जादरानले भने, हामीले केही रन कम्ती बनायौं। खेलको हरेक चरणमा असल प्रदर्शन गर्न हामीले ब्याटिंगमा ध्यान दिनु पर्नेछ। गुलबदीन हाम्रो टीमका सबैभन्दा सीनियर खेलाड़ी हुन्। उनले निक्कै क्रिकेट खेलेका छन्। उनको ब्याटिंग लय हाम्रो निम्ति महत्त्वपूर्ण छ। यसबाहेक बलरहरूले पनि यस हारबाट शिक्षा लिनु जरूरी छ। भारतीय पीचहरूमा सही लाइन अनि लेन्थमा बलिंग गर्नु जरूरी हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *