रेलिंग च्याम्पियन्स ट्रफीः सजिलै सेमिफाइनलमा पुग्यो चाइल्डहुड एफसी

IMG-20240114-WA0249.jpg

१४ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा चाइल्डहुड फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। आइतवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा चाइल्डहुड एफसी-ले रंगीत भेल्लीलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रोशन सुब्बाले ह्याट्रिक गरे। उनले छैटौं, दशौं र ४०औं मिनटमा गोल गरे।

यसबाहेक सागर गुरुङले ३४औं र ६९औं मिनटमा गोल गरे। यसरी रंगीत भेल्लीबाट लाक्पा तामाङले आठौं र ५०औं मिनटमा गोल गरे। सागर गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ।

यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *