छोराले बाबुको हत्या गरी शव घर पछाडि गाडे

IMG-20230410-WA0169-11-300x172-3

डिब्रूगढ़: आफ्नो पिताको हत्याको आरोपमा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पुलिसले आज बताए अनुसार, २५ वर्षीय आरोपित छोराले आफ्नो पिताको धारिलो हतियारले हमला गरी हत्या गरेपछि उनको शव घर पछाडि गाडे। यो घटना डिब्रूगढ जिल्लाको खोवाङ क्षेत्र अन्तर्गत दुलिया लाहावल गाउॅंको हो।

विद्युत गोगोई नामक आरोपितले पुलिस समक्ष आफ्नो अपराध स्वीकार गरेका छन्। आरोपितले आफ्नो पिता परमानन्द गोगोईको हत्या गरेका छन्। उसले बञ्चरो र डण्ठाले प्रहार गरी बाबुको हत्या गरेपछि उनको शव घर पछाडि खाडल खनेर गाडेका थिए। आरोपितले किन बाबुको हत्या गरे भन्ने पुलिसले खुलासा गरेको छैन।

मृतककी भाउजु माघ बिहूको अवसरमा पिठा दिन घरमा आएकी थिइन्। उनले घरमा खून देखेपछि शंका लाग्यो र छिमेकीहरूलाई यसको जानकारी दिइन्। स्थानीय मानिसहरू अनुसार, मृतककी पत्नी केही सालअघि अर्कै व्यक्तिसॅंग भागेकी थिइन्। त्यसपछि, अभियुक्त र मृतक पिता मात्र घरमा बस्दै थिए।

पुलिसले घटनास्थलबाट एउटा छुरी, एउटा बञ्चरो र अन्य सामानहरू बरामद गरेको छ। मृतकको शव पोस्टमार्टमको निम्ति पठाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *