लामा गाउँ गोल्ड कपःजीआईएसओ मेचीनगर सेमिफाइनलमा

photocollage_2024114233131714.jpg

१४ जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको नवौं सीजनमा जीआईएसओ मेचीनगरले पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। आइतवार नेपालका दुईवटा टीमबीच खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा जीआईएसओ मेचीनगरले भद्रपुर ब्लेजरलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा एलएसए र फिक्कल एमएफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा शीर्ष टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। उल्लेखनीय छ, गत वर्ष भएको टुर्नामेण्टको आठौं सीजनमा लोवर कैंजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन भएको थियो। फाइनलमा एलकेएससी-ले सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)-लाई ४-२-ले पराजित गरी खिताब जितेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *