दोस्रो टी२० म्याचसहित सीरीज जित्यो भारतले

IMG-20240114-WA0242.jpg

इन्दौर, १४ जनवरीः ओपनर यशस्वी जयसवाल (६८ रन) र अलराउण्डर शिवम दुबे (अविजित ६३ रन)-को अर्द्धशतको सहायताले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा टी२० म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। इन्दौरको होल्कर क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानको पूरा टीम २० ओभरमा १७२ रन बनाएर अलआउट भयो। गुलबदीन नईबले ३६ बलमा ५ वटा चौका र ४ वटा छक्काको साथ सर्वाधिक ५७ रन बनाए। यसबाहेक नजीबुल्लाह जादरानले २३, मुजीब उर रहमानले २१ र करीम जनतले २० रनको योगदान दिए। भारतीय बलरहरूमा अर्शदीप सिंहले ३ विकेट लिए। यसबाहेक अक्षर पटेल र रवि बिश्नोईले पनि २-२ सफलता हासिल गरे। जवाफमा भारतले १७३ रनको लक्ष्यलाई १५.४ ओभरमा २६ बल बाँकी रहँदै ४ विकेट गुमाएर हासिल गऱ्यो। युवा ओपनर यशस्वीले ३४ बल खेलेर ६ वटा छक्का र ५ वटा चौका लगाए। यसरी दुबेले ३२ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। विराट कोहलीले २९ रनको योगदान दिए जबकि कप्तान रोहित शर्मा खाता नखोली आउट भए। अफगानिस्तानका बलरहरूमा करीम जनतले २ विकेट लिए। आफ्नो ४ ओभरमा केवल १७ रन खर्च गरी २ वटा महत्त्वपूर्ण विकेट लिने अक्षर पटेललाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *