हमास–इजरायल युद्धको १०० दिन पूरा

Designing Zone - 2

हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन्। इजरायली सेना पूर्ण विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ। नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायलविरुद्ध प्यालेस्टिनीहरूको नरसंहारको दक्षिण अफ्रिकाको आरोपलाई पनि अस्वीकार गरे। नेतान्याहुले अदालतबाट कुनै पनि दबाब स्वीकार गर्न अस्वीकार गर्दै दक्षिण र उत्तर दुबैमा सुरक्षा पुन:स्थापित गर्ने बताए। ‘न हेग न त कुनै अन्य शक्तिले हामीलाई रोक्न सक्छ,’ उनको भनाइ छ, ‘हामी गाजामा विजयको बाटोमा छौं र हामीले विजय हासिल नगरेसम्म हामी रोकिने छैनौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement